सामान्य अंक बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

Feb 03, 2025 03:10 PM Merolagani



साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि बढीरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। यद्यपि यस दिनको वृद्धिदर भने अघिल्ला दुई दिनको तुलनामा कम हो।

सोमबार नेप्से परिसूचक २.४१ अंक बढेर २७३०.०० विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.२३ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.२९ अंक र सेन्सेटिभ इण्डेक्स ०.५८ अंक बढेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने सामान्य घटेको छ। अघिल्लो कारोबार दिन करिब १३ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१९ स्टकको १ लाख ११ हजार ९१८ पटकको कारोबारमा ११ अर्ब ८७ करोड ५९ लाख ६७ हजार रुपैयाँबराबरको २ करोड ३७ लाख ७० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन उपकार लघुवित्त वित्तीय संस्था र भुगोल इजर्नी डेभलपमेन्ट कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन सनराइज फोकस्ड इक्विटी फण्डको इकाईमूल्य ९ प्रतिशत बढेको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। यस दिन दुई स्टकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन ग्रिन डेभलपमेन्ट बैंक र रिभर फल्स पावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

कारोबार रकमका आधारमा यस दिन पनि एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३५ करोड ३० लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको करिब ३३ करोडको शेयर किनबेच भएको छ भने बरुण हाइड्रोपावरको ३० करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक भने यस दिन सर्वाधिक १.०७ प्रतिशत घटेको छ।




६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 27, 2025 07:17 AM

मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।