इम्पेरमेन्ट चार्ज बढेपछि नोक्सानीमा नेरुडे मिर्मिरे लघुवित्त

Feb 07, 2025 08:55 AM Merolagani



नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड (NMLBBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा कम्पनी नोक्सानीमा रहेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा लघुवित्तले ६ करोड २७ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्त २ करोड ४८ लाख रुपैयाँ नाफामा थियो।

खुद ब्याज आम्दानी उल्लेख्य बढेपनि इम्पेरमेन्ट चार्ज बढेका कारण लघुवित्त नोक्सानीमा पुगेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १६१.३४ प्रतिशत बढेको छ। लघुवित्तको खुद फि तथा कमिशन आम्दानी समीक्षा अवधिमा ३८.९९ प्रतिशत घटेको छ भने कुल सञ्चालन आम्दानी ९६.७६ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ७ करोड ५७ लाख रुपैयाँ रहेको लघुवित्तको इम्पेरमेन्ट चार्ज, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर २६ करोड २४ लाख रुपैयाँ पुगेको छ। जसका कारण लघुवित्त नोक्सनीमा पुगेको हो।

पुस मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा १९ करोड ८४ लाख रुपैयाँ ऋणात्मक रहेको छ। त्यस्तै, लघुवित्तको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ९७ पैसा ऋणात्मक र वितरणयोग्य प्रतिशेयर आम्दानी २८ रुपैयाँ ४० पैसा ऋणात्मक रहेको छ। सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १८४ रुपैयाँ २४ पैसा रहेको छ।

१ अर्ब ३९ करोड ७७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब १७ करोड ७४ लाख रुपैयाँ सञ्चित छ। दोस्रो त्रैमाससम्ममा लघुवित्तले १७ अर्ब ४८ करोड ३२ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट २० अर्ब ९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।




comments powered by Disqus

अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयबाट एकाएक प्रचण्ड 'उत्साहित' हुनुकाे कारण यस्ताे

Feb 07, 2025 05:58 PM

एकपछि अर्काे गर्दै विवादास्पद निर्णयहरु गरिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा निर्णयले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डलाई निकै ठूलो राहत दिएको छ ।