चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ३ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५१५.३४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी २०.८३ अंक बढेर १० करोड ८८ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल नाफा ३२.७३ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३३.१० प्रतिशत बढेको छ। कम्पनीको वित्तीय खर्च समीक्षा अवधिमा २५.७२ प्रतिशत घटेको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १६ रुपैयाँ ६५ पैसा बढेर १९ रुपैयाँ ८८ पैसा रहेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ६५ रुपैयाँ ७२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २६.८६ गुणा रहेको छ।
४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष १३ करोड ७१ लाख रुपैयाँ ऋणात्मक रहेको छ।