प्रि ओपन सेसन अपडेटः करिब १ अंक बढ्यो नेप्से

Feb 11, 2025 10:53 AM Merolagani



मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार १०.९८ अंक घटेर २६७७.३२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.८० अंक बढेर २६७८.१३ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०३ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा ५५ स्टकको १२० पटकको कारोबारमा ७९ लाख २३ हजार २८४ रुपैयाँ ४० पैसाबराबरको ८ हजार ३८६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १९ स्टकको मूल्य बढेको छ भने २८ स्टकको मूल्य घटेको छ। बाँकी ८ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।