प्रि ओपन सेसन अपडेटः करिब साढे ४ अंक घट्यो नेप्से

Dec 02, 2025 10:53 AM Merolagani



मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ४ अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार ४.२८ अंक घटेर २६४५.२४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ४.३३ अंक घटेर २६४०.९० विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.७६ अंक घटेको छ।

यस दिन प्रि ओपन सेसनमा ५२ स्टकको ७४ पटकको कारोबारमा ४० लाख ३० हजार ७५५ रुपैयाँ ८० पैसाबराबरको ७ हजार २८६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १८ स्टकको मूल्य बढेको छ भने ३१ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 27, 2025 07:17 AM

मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।