प्रि ओपन सेसन अपडेटः करिब साढे १ अंक घट्यो नेप्से

Dec 07, 2025 10:58 AM Merolagani



साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १ अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बुधबार १३.५२ अंक घटेर २६३१.१७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.४८ अंक घटेर २६२९.६९ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.६२ अंक घटेको छ।

आइतबार प्रि ओपन सेसनमा ४८ स्टकको १४८ पटकको कारोबारमा ५ करोड २६ लाख २० हजार ७०२ रुपैयाँबराबरको ९० हजार ३५६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १९ स्टकको मूल्य बढेको छ भने २६ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।