चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले २ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०.१२ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको थियो।
विद्युत बिक्री आम्दानी सामान्य घटेको र वित्तीय खर्च बढेका कारण कम्पनीको खुद घट्न पुगेको हो।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १०.५१ प्रतिशत घटेर ७ करोड २७ लाख रुपैयाँमा झरेको छ। त्यस्तै, कम्पनीको कुल नाफा समीक्षा अवधिमा १७.०३ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा १२.०८ प्रतिशत घटेको छ। कम्पनीको वित्तीय खर्च भने समीक्षा अवधिमा ३५.७८ प्रतिशत बढेको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ८ पैसा घटेर २ रुपैयाँ ५१ पैसामा सीमित भएको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २१४ रुपैयाँ ९९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १०४.७७ गुणा रहेको छ।
१ अर्ब ८५ करोड १२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा २ अर्ब १२ करोड ८७ लाख रुपैयाँ सञ्चित छ।
![](https://images.merolagani.com/Uploads/Repository/638748763720126476.png)