युनाइटेड मोदीको विद्युत बिक्री आम्दानी सामान्य बढ्यो, नाफा कति?

Feb 11, 2025 01:55 PM Merolagani



युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड (UMHL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले विद्युत बिक्री मार्फत १६ करोड ७६ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.६५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १६ करोड ३२ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

समीक्षा अवधिमा कम्पनीको खुद नाफा २२.०५ प्रतिशत बढेर ३ करोड ५७ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कम्पनीको कुल नाफा ४.९० प्रतिशत बढेको छ भने अन्य आम्दानी ७४.५१ प्रतिशत घटेको छ। कम्पनीको वित्तीय खर्च समीक्षा अवधिमा ३४.६७ प्रतिशत घटेको छ। वित्तीय खर्च घटेका कारण विद्युत बिक्री आम्दानीको तुलनामा खुद नाफाकाे वृद्धिदर बढेको हो।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ५ पैसा बढेर ५ रुपैयाँ ८१ पैसा पुगेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०८ रुपैयाँ ६७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५८.१९ गुणा रहेको छ।

१ अर्ब २३ करोड ५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा १० करोड ६६ लाख रुपैयाँ सञ्चित छ।




कुन हाइड्रोपावर के फन्डाले बढिरहेको छ ?

Jun 24, 2025 06:21 AM

सोमबार नेप्सेमा ६ अर्ब ४७ करोड रुपैयाँको शेयर कारोबार हुँदा हाइड्रोपावर कम्पनीको मात्रै ४ अर्ब ३३ करोड भन्दा बढी रुपैयाँको शेयर कारोबार भयो । यो भनेको झन्डै ६७ प्रतिशत हो ।