अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ७.२६ अंक घटेर २६७८.४७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.५५ अंक घटेर २६७६.९१ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.४५ अंक घटेको छ।
आइतबार प्रि ओपन सेसनमा ६७ स्टकको १४८ पटकको कारोबारमा २ करोड ४४ लाख ४३ हजार ४१९ रुपैयाँ ६० पैसाबराबरको २५ हजार ५९४ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २८ स्टकको मूल्य बढेको छ भने ३२ स्टकको मूल्य घटेको छ। बाँकी ७ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।