प्रि ओपन सेसन अपडेटः करिब १ अंक बढ्यो नेप्से

Mar 11, 2025 10:54 AM Merolagani



मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार २०.६८ अंक घटेर २७५१.४२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.८८ अंक बढेर २७५२.३१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.३५ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा ४१ स्टकको ६८ पटकको कारोबारमा २ करोड ५३ लाख ५६ हजार ६४१ रुपैयाँबराबरको २४ हजार ४०० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १७ स्टकको मूल्य बढेको छ भने २१ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




comments powered by Disqus

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँट

Mar 07, 2025 10:35 AM

फागुन २३ गते, शुक्रबार, नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेडको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो।