लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडको लिलाम बढाबढमार्फत लगभग सबै शेयर प्राप्त गर्ने कम्पनी कुन हो?

Feb 25, 2025 09:49 AM Merolagani



लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (LICN) को अवितरित हकप्रद शेयर लिलाम बढाबढमार्फत खरीद आव्हान गरेकोमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेड कुल सर्वसाधारण समूहतर्फको ४ लाख ९२ हजार ५७७ कित्ता मध्ये ४ लाख ७५ हजार ७०० कित्ता अवितरित हकप्रद शेयरहरु प्राप्त गर्ने एकमात्र कम्पनी बनेको छ।

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेड (NRN) नेपालको विभिन्न क्षेत्रमा लगानी गर्ने, सूचीकृत कम्पनी हो। पछिल्ला दिनहरूमा यस, कम्पनी आक्रमक रूपमा लगानी परिचालनमा सक्रिय देखिदै आएको छ।

अघिल्लो वार्षिक साधारण सभाबाट साविकका संस्थापक शेयरधनीहरुलाई विस्थापित गर्दै दोस्रो बजारबाट शेयर लिएका र शेयर बजारमा अभ्यस्त मध्येबाट अधिकांश सञ्चालक चयन भएका थिए।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।