लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडको लिलाम बढाबढमार्फत लगभग सबै शेयर प्राप्त गर्ने कम्पनी कुन हो?

Feb 25, 2025 09:49 AM Merolagani



लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (LICN) को अवितरित हकप्रद शेयर लिलाम बढाबढमार्फत खरीद आव्हान गरेकोमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेड कुल सर्वसाधारण समूहतर्फको ४ लाख ९२ हजार ५७७ कित्ता मध्ये ४ लाख ७५ हजार ७०० कित्ता अवितरित हकप्रद शेयरहरु प्राप्त गर्ने एकमात्र कम्पनी बनेको छ।

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेड (NRN) नेपालको विभिन्न क्षेत्रमा लगानी गर्ने, सूचीकृत कम्पनी हो। पछिल्ला दिनहरूमा यस, कम्पनी आक्रमक रूपमा लगानी परिचालनमा सक्रिय देखिदै आएको छ।

अघिल्लो वार्षिक साधारण सभाबाट साविकका संस्थापक शेयरधनीहरुलाई विस्थापित गर्दै दोस्रो बजारबाट शेयर लिएका र शेयर बजारमा अभ्यस्त मध्येबाट अधिकांश सञ्चालक चयन भएका थिए।




तिहार बिदापछिकाे पहिलाे काराेबार दिन कतिमा हुँदैछ सुन र चाँदीकाे काराेबार?

Oct 26, 2025 11:01 AM

कार्तिक ९ गते, आईतबार, तिहार पछिको पहिलो दिन नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि गिरावट भएको छ । यस दिन सुनको मूल्य प्रतितोला ११ हजार ६०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा २६५ रुपैयाँले घटेको छ ।