फागुन २० गतेदेखि अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्दै ङादी ग्रुप पावर

Feb 25, 2025 10:09 AM Merolagani



ङादी ग्रुप पावर लिमिटेड (NGPL) ले फागुन २० गतेदेखि अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्ने भएको छ।

कम्पनीले गत पुस २३ गतदेखि माघ २९ गतेसम्म १ बराबर १ अनुपातमा निष्काशन तथा बिक्री गरेको हकप्रद शेयरमा आवेदन नपरेको हकप्रद शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री गर्न लागेको हो।

कम्पनीले सर्वसाधारण समूहको ८ लाख ७३ हजार ६१.२२५ कित्ता अवितिरत हकप्रद शेयर लिलाम बिक्री गर्न लागेको हो।

सो शेयर खरिदका लागि इच्छुक लगानीकर्ताले फागुन २८ गतेभित्र बोलपत्र पेश गर्नुपर्नेछ। शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा वा अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सिद्धार्थ क्यापिटलका साथै सिद्धार्थ बैंकका विराटनगर, बिर्तामोड, वीरगञ्ज, जनकपुर, हेटौँडा, नारायणगढ, पोखरा, बाग्लुङ्ग, बुटवल, घोराही, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट बोलपत्र आवेदन फाराम प्राप्त गर्न र बुझाउन सक्नेछन्।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।