Wed, Oct 08, 2025
चैत ७ गते, बिहीबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड (SLBBL) को एफपीओ सूचीकृत भएको छ। सो दिन नेप्सेमा लघुवित्तको १ लाख ९५ हजार ७७३ कित्ता शेयर सूचीकृत भएको हो।
लघुवित्तले गत फागुन १८ गतेदेखि २१ गतेसम्म निष्काशन गरी चैत १ गते बाँडफाँट गरेको एफपीओ, नेप्सेमा सूचीकृत भएको हो। सो शेयर आइतबार अर्थात चैत १० गतेदेखि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ।
असोज १९ गते, आइतबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।