‘किल स्विच’को विकासपछि विश्वको समग्र इण्टरनेट प्रणाली चिनिया नियन्त्रणमाः विश्वभरकै इण्टरनेट कुनै बेला अवरुद्ध गर्न सक्ने

Mar 31, 2025 02:39 PM mero lagani



विश्वमा प्रविधिको बादशाह मानिने चीनले पछिल्लो समय विकास गरेको ‘किल स्विच’को कारण विश्वभरको इण्टरनेट प्रवाहमा एक क्षेत्र कब्जा गर्न सक्ने भएको छ । यसले खासगरि अमेरिका र युरोपेली मुलुकहरुलाई निकै गम्भिर धक्का दिएको छ । 


किल स्विचको विकास पछि चीनले कुनै पनि बेला कुनै पनि देशको इण्टरनेट सेवा अवरुद्ध गर्न सक्ने क्षमताको विकास गरेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् । किल स्विच समुद्री सतहको चार किमी गहिराईसम्मका इण्टरनेट प्रवाह जुनसुकै बेला जस्तो सुकै अवस्थामा पनि इण्टरनेटका तारहरु सजिलै काटिदिने वा मर्मत गर्न सक्छ ।

विश्वको ९५ प्रतिशत इण्टरनेट संचालन (अथवा डाटा प्रवाह) समुद्रमुनी जडान गरिने केवुलहरुबाट गरिन्छ । खासगरि अन्तरदेशिय इण्टरनेट प्रवाह समुद्रमुनी जडान गरिएका केवुलहरुबाट हुने गर्छ । त्यसैमार्फत वित्तीय सेवा प्रवाह, रक्षा प्रणाली लगायतका सम्पूर्ण डिजिटल सेवाहरु आदान प्रदान गरिन्छ । हरेक विकसित देश र तिनका कम्पनीहरुले आफूले सेवा प्रवाह गर्ने देशमा समुन्द्रमुनीबाट केवुल तानेर इण्टरनेट लगायतका सेवाहरु प्रदान गर्ने गरेका थिए । ती केवुलहरुको मर्मतको लागि भरपर्दाे उपाय भने पत्ता लगाउन सकेका थिएनन् ।

तर, अहिले चीनको चाइना सीप साइण्टिफिक रिसर्च सेण्टर र स्टेट की लेवोरटोरीले संयुक्त रुपमा विकास गरेको किल स्विचले समुन्द्रको ४ किमी तलसम्म गएर इण्टरनेट केवुलहरु मर्मत गर्नुको साथै ‘डेटा मेनुपुलेट’ समेत गर्न सक्ने भएपछि त्यसले युरोप र अमेरिकालाई झस्काइदिएको छ । अब उक्त प्रविधिको प्रयोग गरेर चीनले कुनै पनि बेला अरु कुनै देशका इण्टरनेट संजाल अवरुद्ध गर्न सक्ने, डाटाहरु चोरी गर्ने वा ‘मेनुपुलेट’ गर्न सक्ने भएको छ । त्यसले विश्वको समग्र इण्टरनेट अर्थात संचार प्रविधिको क्षेत्रमा चीनको एकाधिकार स्थापित भएको छ । अब अमेरिका र युरोपेली देशहरुले किल स्विचको असर न्यूनीकरण गर्न वा प्रतिकार गर्न निकै ठूलो लगानीसहितको प्रविधि विकास गर्नुपर्ने जरुरी छ, जुन सहज नभएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

किल स्विचको विकास आफ्नो इण्टरनेट सेवा प्रवाहलाई बलियो बनाउन विकास गरेको र अरुको विषयमा चासो नभएको चिनिया अधिकारीहरुले बताएका छन् । तर, प्रविधि क्षेत्रका विश्लेषकहरु भने त्यो उस्को केवल ‘औपचारिकतापूर्ण भाषा मात्र भएको’ र व्यवहारमा भने चीनले जतिबेला जुनसुकै देशको इण्टरनेट पनि अवरुद्ध गरिदिन सक्ने खतरा रहेको बताएका छन् ।

सन् २०२३ यता बाल्टीक सागरमा ११ वटा इण्टरनेटका तार कटानका घटना भएका छन् । २०२५ शुरु भए यता समुन्द्रमुनीका अन्तराष्ट्रिय संजाललाई जोड्ने ५ वटा केबुल चीनले काटेर आफ्नो देशको इण्टरनेट प्रवाहमा अवरोध सृजना गर्ने प्रयास गरेको ताइवानले आरोप लगाइरहेको बेला केही दिन अघि चीनले किल स्विचको विकास गरेको घोषणा गर्नुले विश्वभरका इण्टरनेटसहित सूचना प्रविधि उद्यमी र सरोकारवालाहरुलाई एक किसिमको झड्का नै दिएको छ । विकासका हरेक क्षेत्रमा अमेरिकालाई टक्कर दिइरहेको चीन सूचना प्रविधिको क्षेत्रमा भने उ भन्दा पनि निकै अघि पुगिसकेको छ । अब चीनले चाहेमा कुनै पनि बेला अमेरिकाको मात्र होइन, विश्वभरकै इण्टरनेट अवरुद्ध हुने वा डाटाहरु कब्जा गर्नसक्ने अवस्था सृजना भएको छ ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।