नेप्सेका नवनियुक्त सीईओ चापागाईँले गरे पद बहाली

Apr 01, 2025 03:24 PM merolagani



नेप्सेका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापागाईँले पद बहाली गरेका छन्। मंगलबार अर्थ मन्त्रालय गएर नियुक्ति पत्र बुझेका चापागाईँले मंगलबार नै नेप्से पुगेर पद बहाली गरेका हुन्।

मंगलबार नै राजस्व सचिव दिनेशकुमार घिमिरे मार्फत उनले नियुक्ति पत्र बुझेका थिए। अर्थ सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चापागाईँलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो।

यसअघि भने अर्कै व्यक्तिलाई नियुक्त गरिएको खबर सञ्चार माध्यममा आएका थिए। तर उक्त निर्णय प्रमाणीकरण नभएको भन्दै चापागाईँलाई नियुक्त गरिएको हो। झापाका चापागाईँले लामो समय सानिमा बैंकमा आबद्ध रहेर काम गरेका अनुभव सँगालेका छन्। पछिल्लो समय भने उनी सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका डेपुटी जनरल म्यानेजर थिए।

 




मेयर बालेनले ‘स्टण्ट’ गर्न असम्वन्धित व्यक्तिलाई पत्र काटेको ठहरसहित निर्मल निवासले जवाफ नदिने, जरिवाना पनि नतिर्ने !

Mar 29, 2025 06:54 PM

तीनकुनेमा शुक्रबार प्रदर्शनका क्रममा भएको क्षतिको जरिवाना भन्दै महानगरपालिकाले पत्र काटेपनि पूर्वराजाले भने त्यो जरिवाना नतिर्ने भएका छन् । ‘महानगरपालिकाले आइतबार बुझाउने भनेकोमा जुनसुकै कारण देखाएपनि उक्त जरिवाना श्री ५ बाट तिर्ने कुरै हुँदैन’ पूर्वराजा ज्ञानेन्द्र शाह निकट स्रोतले मेरो लगानीसंग भन्यो ।