पछिल्ला कारोबार दिनमा बजार लगातार ३ दिन बढेपछि सामान्य करेक्सन लिएको थियो । मंगलबारको करेक्सन पछि बजारले फेरि सकारात्मक लय समातेको छ । बजारको सूचकमा आएको वृद्धिले लगानीकर्ताको मनोवल उच्च बन्दै गएकाे छ । यद्यपी बजारमा भने कारोबार रकम तुलनात्मक रुपमा बढ्न सकेको छैन ।
ठूलो गिरावटपछि बढ्न सुरु भएको बजारमा लगानीकर्ताहरु विस्तारै प्रवेश गर्न थालेका छन् । याे अल्पकालीन भन्दा मध्यम वा दीर्घकालीन सोच बनाएर आउने लगानीकर्तालाई मौका हो । यो बेला सबल वित्तीय सूचक भएका र लाभांश क्षमता राम्रो रहेका कम्पनीहरुमा लगानी गर्दा राम्रो हुनेछ ।