बिनोद चौधरीको नेटवर्थ २ अर्ब डलर

Apr 02, 2025 05:56 PM MeroLagani



नेपालका डलर अर्बपति विनोद चौधरीको सम्पत्ति १ वर्षमा २० करोड डलरले बढेको छ । फोब्र्र्स सार्वजनिक गरेको अर्ब पतिहरुको सूचीअनुसार सन् २०२५ मा चौधरीको नेटवर्थ २ अर्ब डलर कायम भएको छ । सन् २०२४ मा १ अर्ब ८० करोड डलर रहेको नेटवर्थ १ वर्षको अवधिमा २० करोड डलरले बढेको छ ।

फोर्बस् पत्रिकाकाे विश्वका सर्वाधिक धनीहरुकाे सूचीमा चौधरी १७ सय ६३औं स्थानमा छन् । चौधरीको नबिल बैंकमा मेजर शेयर होल्डिङ छ भने लोकप्रिय वाई वाई चाउचाउका मालिक समेत चौधरी हुन । वाई वाईको भारत, सर्बिया र बंगलादेशमा पनि कारखानाहरु छन् ।

सीजीले १ सय ४३ वटा होटलहरुको स्वामित्व र व्यवस्थापन हेर्छ जसमा भारतको ताज होटल चेनसँग सम्बन्धित विलासी होटलहरु पनि रहेका छन्।




मेयर बालेनले ‘स्टण्ट’ गर्न असम्वन्धित व्यक्तिलाई पत्र काटेको ठहरसहित निर्मल निवासले जवाफ नदिने, जरिवाना पनि नतिर्ने !

Mar 29, 2025 06:54 PM

तीनकुनेमा शुक्रबार प्रदर्शनका क्रममा भएको क्षतिको जरिवाना भन्दै महानगरपालिकाले पत्र काटेपनि पूर्वराजाले भने त्यो जरिवाना नतिर्ने भएका छन् । ‘महानगरपालिकाले आइतबार बुझाउने भनेकोमा जुनसुकै कारण देखाएपनि उक्त जरिवाना श्री ५ बाट तिर्ने कुरै हुँदैन’ पूर्वराजा ज्ञानेन्द्र शाह निकट स्रोतले मेरो लगानीसंग भन्यो ।