प्रि ओपन सेसन अपडेटः सामान्य अंक बढ्यो नेप्से

Apr 03, 2025 10:53 AM Merolagani
2



साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार २३.८६ अंक बढेर २७००.०४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.१८ अंक बढेर २७००.२३ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२० अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा ३३ स्टकको ६० पटकको कारोबारमा २० लाख ८३ हजार २६० रुपैयाँ ३० पैसाबराबरको ३ हजार ४१४ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १२ स्टकको मूल्य बढेको छ भने २१ स्टकको मूल्य घटेको छ।




मेयर बालेनले ‘स्टण्ट’ गर्न असम्वन्धित व्यक्तिलाई पत्र काटेको ठहरसहित निर्मल निवासले जवाफ नदिने, जरिवाना पनि नतिर्ने !

Mar 29, 2025 06:54 PM

तीनकुनेमा शुक्रबार प्रदर्शनका क्रममा भएको क्षतिको जरिवाना भन्दै महानगरपालिकाले पत्र काटेपनि पूर्वराजाले भने त्यो जरिवाना नतिर्ने भएका छन् । ‘महानगरपालिकाले आइतबार बुझाउने भनेकोमा जुनसुकै कारण देखाएपनि उक्त जरिवाना श्री ५ बाट तिर्ने कुरै हुँदैन’ पूर्वराजा ज्ञानेन्द्र शाह निकट स्रोतले मेरो लगानीसंग भन्यो ।