स्पेशल प्रि ओपन सेसनमा कतिमा भयो नेपाल माइक्रो इन्स्योरेन्सको पहिलो कारोबार?

Apr 08, 2025 10:58 AM Merolagani



चैत २६ गते, मंगलबार, स्पेशल प्रि ओपन सेसनमा नेपाल माइक्रो इन्स्योरेन्स (NMIC) को पहिलो कारोबार भएको छ। कम्पनीको ३२० रुपैयाँ ३० पैसामा पहिलो कारोबार भएको हो।

कम्पनीको शेयर गत चैत २१ गते, बिहीबार नेप्सेमा सूचीकृत भएको थियो। सो अनुसार हिजो सोमबार स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार हुनपर्ने थियो। तर कारोबार म्याचिङ्ग नभएका कारण सो दिन कम्पनीको पहिलो कारोबार हुन सकेन। त्यसैले, यस दिन स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो।

कम्पनीले सर्वासाधारण शेयरधनीहरुमा वितरण गरिएको २२ लाख ५० हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ५२ लाख ५० हजार कित्ता गरी कुल ७५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँ ८० पैसादेखि ३०२ रुपैयाँ ४० पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। नेप्सेले कम्पनीलाई एनएमआईसी स्टक टिकर प्रदान गरेको छ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।