प्रि ओपन सेसन अपडेटः ३ अंक घट्यो नेप्से

Apr 22, 2025 10:54 AM Merolagani



मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ३ अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार ७.७५ अंक घटेर २६९८.२८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.१४ अंक घटेर २६९५.१४ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१० अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा ५३ स्टकको ७१ पटकको कारोबारमा १५ लाख ४१ हजार ६६ रुपैयाँ २० पैसाबराबरको ३ हजार ६४६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २१ स्टकको मूल्य बढेको छ भने ३१ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।