हकप्रद शेयर निष्काशन प्रयोजनार्थ तेह्रथुम पावर कम्पनीले तोक्यो बुकक्लोज मिति

May 06, 2025 09:00 AM Merolagani



तेह्रथुम पावर कम्पनी लिमिटेड (TPC) ले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ। कम्पनीले जेठ ५ गते बुकक्लोज गर्न लागेको हो।

कम्पनीले हाल कायम चुक्ता पूँजी ४० करोडको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूलयका ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

कम्पनीले निष्काशन गर्ने हकप्रद शेयरमा जेठ १ गतेसम्म कायम शेयरधनीहरुले आवेदन दिन सक्नेछन्।