नेप्सेमा सूचीकृत एकमात्र औषधि कम्पनी ओम मेगाश्री फर्मास्यूटिकल्सको वित्तीय अवस्था कस्तो?

May 13, 2025 10:46 AM Merolagani



नेप्सेमा सूचीकृत एक मात्र औषधि कम्पनी ओम मगाश्री फर्मास्यूटिकल्स लिमिटेड (OMPL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

विवरण अनुसार कम्पनीले सो अवधिसम्ममा ७५ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको छ। सो अवधिसम्ममा कम्पनीले सञ्चालन आम्दानी २१ करोड ४८ लाख रुपैयाँ रहेको छ भने कुल आम्दानी २१ करोड ५१ लाख रुपैयाँ रहेको छ। त्यसैगरी, सो अवधिसम्ममा कम्पनीको कुल खर्च २० करोड ५६ लाख रुपैयाँ रहेको छ।

चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ६८ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ ५४ पैसा रहेको छ। कम्पनीको मूल्य आम्दानी अनुपात ५९.५२ गुणा रहेको छ।

६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ४ करोड १२ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने अन्य जगेडा ६ करोड २४ लाख रुपैयाँ रहेको छ।




अब १० रुपैयाँ मूल्यमा पनि आइपीओ

Jun 23, 2026 04:14 PM

बाबुकृष्ण महर्जन

सरकारले पब्लिक कम्पनीहरूको शेयरको अंकित मूल्य अनिवार्य रूपमा १०० रुपैयाँ नै हुनुपर्ने दशकौँ पुरानो व्यवस्थालाई परिमार्जन गर्ने तयारी गरेको छ।