नेप्सेमा सूचीकृत एकमात्र औषधि कम्पनी ओम मेगाश्री फर्मास्यूटिकल्सको वित्तीय अवस्था कस्तो?

May 13, 2025 10:46 AM Merolagani



नेप्सेमा सूचीकृत एक मात्र औषधि कम्पनी ओम मगाश्री फर्मास्यूटिकल्स लिमिटेड (OMPL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

विवरण अनुसार कम्पनीले सो अवधिसम्ममा ७५ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको छ। सो अवधिसम्ममा कम्पनीले सञ्चालन आम्दानी २१ करोड ४८ लाख रुपैयाँ रहेको छ भने कुल आम्दानी २१ करोड ५१ लाख रुपैयाँ रहेको छ। त्यसैगरी, सो अवधिसम्ममा कम्पनीको कुल खर्च २० करोड ५६ लाख रुपैयाँ रहेको छ।

चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ६८ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ ५४ पैसा रहेको छ। कम्पनीको मूल्य आम्दानी अनुपात ५९.५२ गुणा रहेको छ।

६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ४ करोड १२ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने अन्य जगेडा ६ करोड २४ लाख रुपैयाँ रहेको छ।




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।