आजदेखि प्रभु सिस्टमेटिक इन्भेष्टमेण्ट स्किमको इकाई खरिदका लागि आवेदन दिन सकिने

Jun 06, 2025 06:23 AM Merolagani



प्रभु क्यापिटलले आज (जेठ २३ गते) देखि सामूहिक लगानी कोष प्रभु सिस्टमेटिक इन्भेष्टमेण्ट स्किमको इकाई सार्वजनिक निष्काशनमातथा बिक्री खुला गर्दैछ।

 

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा २५ करोड रुपैयाँ बराबरको २ करोड ५० लाख इकाई बिक्रीमा ल्याउन लागेको हो। प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो स्किम खुलामुखी प्रकृतिको स्किम हो।

यस स्किमको कुल आकार ४ करोड इकाई रहेको छ। जसमध्ये ७.५ प्रतिशत अर्थात ३० लाख इकाई कोष प्रबर्धक प्रभु बैंक र ७.५ प्रतिशत अर्थात ३० लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटललाई सुरक्षित गरिएको छ। सर्वसाधारणले २ करोड ५० लाख कित्ता इकाईका लागि आवेदन दिन सक्नेछन्।

स्किमको इकाईमा जेठ २७ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा असार ६ गतेसम्म आवेदन खुला रहने क्यापिटलले जनाएको छ।

स्किमको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। उक्त स्किमको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन्।

म्युचुअल फण्ड निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपालले कोष प्रबर्धकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई केयर रेटिङ्ग नेपालले केयर एनपी एएमसी क्वालिटि ३ प्लस रेटिङ्ग प्रदान गरेको छ।




सुनको मूल्यमा भारि गिरावट

Jun 17, 2025 10:42 AM

असार ३ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्यमा भारि गिरावट भएको छ । यस दिन सुन प्रतितोला दुई हजार ५०० रुपैयाँले घटेको हो ।