यो गाडी सहरमा आधारित Sport utility vehicle (एसयूभी) हो । जसको सस्तो र आकर्षक मूल्य, राम्रो माइलेज र उपयुक्त आकारमा नेपाली बजारमा उपलव्ध छन् ।
सस्तो मूल्यका कारण पनि निसान म्याग्नाइट बढी रुचाइएको छ । खासगरी अहिले पनि निसान म्याग्नाइटका हाल बजारमूल्य ३३ देखि ४६ लाखसम्ममा पाइन्छ । त्यो भन्दा पनि अझ सस्तो चाहने ग्राहकहरुले निसान किगर पनि खरिद गर्न सक्नुहुन्छ । जसको मूल्य करिब ३० लाखबाट सुरु हुन्छ ।

त्यस्तै, निसानका अन्य लोकप्रिय मोडलहरुमा निसान किक्स, निसान नभरा, निसान लिइफआदी हुन् । निसानको आधिकारीक वेवसाइटका अनुसार, निसान किक्स गाडी ४५ लाख देखि ६५ लाख भित्रको मूल्य रेन्जभित्र खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।
त्यस्तै, निसान नभरा प्रो फो एक्सको मूल्य १ करोड २५ लाख रुपैयाँ पर्छ । त्यस्तै, निसान नभरा मोडेलको गाडी १ करोड १ लाख रुपैयाँमा समेत पाउन सकिन्छ । त्यस्तै, निसान लिफ गाडी पनि ६४ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सकिन्छ ।
त्यस्तै, न्यू निसान म्याग्नाइटको मूल्य निसान लिफको तुलनामा दोब्बरले कमी छ । जसको मूल्य ३४ लाख ७५ हजारमा ग्राहकले सजिलै खरिद गर्न सक्नेछन् । ग्राहकले सस्तो र बजेटभित्र गाडी खरिद गर्न न्यू निसान म्याग्नाइट,निसान किगर नै रोज्दा उपयुक्त देखिन्छ ।
यदि तपाई ४ जनाको परिवार हुनुहुन्छ भने दैनिक सहरमा यात्रा गर्न र पारिवारीक यात्राका लागि समेत निसानको गाडी बढी उपयुक्त हुन्छ । यदि ४ जना सदस्य भएको परिवारले ५० लाखभित्र राम्रै गाडी खरिद गर्न सक्छ ।
त्यो पनि निसानकै मोडलको गाडी । निसान म्याग्नाइट टुर्बो एक्सभी ब्रान्डको गाडी ४३ लाख देखि ४५ लाखसम्म खरिद गर्न सकिन्छ । त्यस्तै, निसानकै रिनल्ट किगर आरएसटी ब्रान्डको गाडी ४२ लाखमा खरिद गर्न सकिन्छ ।
यीबाहेक ग्राहकको रुची र आवश्यकता हेरेर कम्पनीले सोहीअनुसारका निसानका गाडीहरु समेत उपलव्ध गराउँदै आएको छ ।