कम्पनीले जारी पूँजीको ४८.९९९८ प्रतिशत आईपीओ निष्काशन गर्न अनुमति पाएको हो। यस अनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १८ करोड ९० लाख ५३ हजार रुपैयाँबराबरको १८ लाख ९० हजार ५३० कित्ता आईपीओ आयोजन प्राभावित क्षेत्रका स्थानिय बासिन्दा र सर्वसाधारणका लागि निष्काशन गर्नेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।