प्रि ओपन सेसन अपडेटः सामान्य अंक घट्यो नेप्से

Jun 22, 2025 10:52 AM Merolagani



साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार २४.७६ अंक घटेर २६२८.९१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.१० अंक घटेर २६२८.८१ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०७ अंक घटेको छ।

आइतबार प्रि ओपन सेसनमा ४७ स्टकको १३१ पटकको कारोबारमा ३ करोड २१ लाख १६ हजार ३१९ रुपैयाँ २० पैसाबराबरको ६० हजार ८०९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २० स्टकको मूल्य बढेको छ भने २४ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।