देशभित्र आन्दोलनको माहोल नबनेपछि रास्वपाको नजर विदेशका नेपालीहरुमा, संसद छोडेर नेताहरु धमाधम विदेशमा

Jun 23, 2025 11:05 AM mero lagani



राष्ट्रिय स्वतन्त्र पार्टी –रास्वपा) ले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै लगातार संसद् अवरोध गर्ने प्रयास गर्दै आइरहेको छ । 

तर, राजा फर्काउने अभियानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाहेक संसदमा रहेका अन्य दलहरुले साथ नदिएपछि संसद अवरोध गर्ने उस्को प्रयास सफल हुन सकेको छैन । राप्रपा र रास्वपाको विरोधका बीच संसद बैठक चलिरहेको छ ।

संसदमा जाने उठेर विरोध गर्ने, कहिले रोष्टम अगाडि पुगेर नाराबाजी गर्ने र कहिले बसेर आपत्ती जनाउने रास्वपाका सांसदको नियमित दिनचर्या बनेको छ । आफ्नो विरोधले संसदको काम कारवाहीमा दख्खल दिन नसक्ने र सडकबाट पनि सरकार विरोधि आन्दोलन उठ्न नसक्ने अवस्था देखिपछि रास्वपाले विदेशमा रहेका नेपालीहरुको ध्यान आकर्षित गर्ने प्रयास शुरु गरेको छ । त्यसैक्रममा रास्वपाका आधा दर्जन सांसदहरु विभिन्न देशमा पुगेका छन् भने केही नेता र सांसदहरु जाने तयारीमा रहेका छन् ।

रास्वपा स्रोतका कार्यवाहक सभापति अर्याल शनिबार बेलुकी कतार पुगेका छन् । उनी रास्वपाको प्रवास विभागको कार्यक्रममा भाग लिन गएका हुन् । उनी कति दिन बस्छन् भन्ने बारेमा पार्टीमा कुनै जानकारी नरहेको बताइन्छ ।

ललितपुर ३ बाट प्रत्यक्ष निर्वाचित सांसद डा. तोसिमा कार्की अमेरिका पुगेकी छन् । फेसबुकमा जून २९ सम्म अमेरिकाका विभिन्न सहरमा हुने भेटघाट कार्यक्रमको तालीका सेयर गरेकी थिइन् ।
पार्टीका अर्का सांसद गणेश पराजुली अष्ट्रेलियामा छन् । उनी पनि रास्वपा निकट प्रवासी नेपाली सम्पर्क विभागको निमन्त्रणमा गएका हुन् । असार ७ र ८ गते सिड्नी र क्यानबेरामा नेपाली समुदायसँग अन्तरक्रिया गरेका उनी अझै केही दिन उतै बस्ने बताइएको छ ।

चितवन १ का सांसद हरि ढकाल र काठमाण्डौ २ कि सांसद सोविता गौतम भने छिमेकी देश भारत भ्रमणमा गएका छन् । उनीहरूले कर्नाटक लगायतका विभिन्न शहरमा रास्वपाको समिति घोषणा गर्ने तयारी रहेको बताइएको छ ।

महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष साह र केन्द्रिय सदस्य सुमना श्रेष्ठ लगायतका नेताहरु पनि केही समय भित्रै विभिन्न देशमा जाने तयारी भैरहेको रास्वपा स्रोतले जानकारी दिएको छ ।

रास्वपा स्रोतले संसदमा प्रभावकारी भूमिका खेल्न नसक्ने, आन्दोलन गर्न पनि नसक्ने अवस्थामा विदेशमा संगठन विस्तार गर्ने योजना अनुसार पार्टी अगाडि बताउंछन् । ‘पार्टीलाई आर्थिकरुपमा बलियो बनाउन र प्रचार संयन्त्रलाई प्रभावकारी बनाउन पनि विदेशमा संगठन विस्तार गर्नु जरुरी देखियो । त्यसैले अब केही समय अब हाम्रो ध्यान स्वदेशमा भन्दा विदेशमा रहेका नेपालीहरुबीच संगठन विस्तारमा केन्द्रित हुनेछ’ रास्वपाका एक नेताले मेरो लगानीसंग भने ।




युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

Jun 19, 2025 10:56 AM

युनाइटेड अजोड इन्स्योरेन्स (UAIL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।