सुन र चाँदीको मूल्य बढ्यो

Jun 22, 2025 10:41 AM Merolagani



असार ८ गते, आइतबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला ५०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला दुई हजार १६० रुपैयाँमा कारोबार भईरहेको छ । गत शुक्रबारको बजारमा चाँदी प्रतितोला दुई हजार १५०रुपैयाँमा कारोबार भएको थियो ।

 




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।