मस्कले यसअघिको प्रतिवद्धता समेत रोबोट्याक्सी सेवा प्रदान गर्ने रहेकाले कम्पनीले २०२५ जुन २२ मा यो रोबोट्याक्सीको औपचारिक सञ्चालन गरेको हो ।
रोबोट्याक्सी सेवा अमेरिकका विशेष सहरहरुमा मात्र अनावरण गरिएको टेस्लाले जनाएको छ । यो कम्पनीले विद्युत्तीय माध्यमबाट चल्ने र ड्राइभर नचाहिने आधुनिक किसिमको ट्याक्सी बनाएर बजारमा ल्याएको हो ।
तत्काल अमेरिकाको टेक्सस राज्यका विशेष स्थानमा मात्र २० वटा रोबोट्याक्सी सेवा सुचारु गरेको हो । प्रारम्भिक चरणमा टेस्ला कम्पनीले रोबोट्याक्सीहरु टेक्ससलगायतका शहरी क्षेत्रमा बिहान ६ बजे देखि मध्य रातसम्म सीमित रुपमा मात्र चलाइरहेको छ ।
रोबोट्याक्सीको नयाँ विशेषता भनेको यसमा ड्राइभरको आवश्यकता पर्दैन् । बिना ड्राइभर गन्तव्य स्थानसम्म यात्रा गर्न सकिन्छ । तत्काल अमेरिकाका टेक्ससलगायत विशेष सहरमा मात्र सेवा सुचारु गरे पनि अन्य क्षेत्रका नागरिकले यो सेवा लिन असमर्थन हुनेछन् । तर, केही वर्षपछि याे गाडीहरू अन्य देशमा समेत विस्तार गर्ने टेस्लाकाे याेजना छ ।
टेस्लाले रोबोट्याक्सीको बजारको माग हेरेर आगामी महिनाहरुमा कम्तीमा हजार वटा रोबोट्याक्सीहरु बजारमा पठाउने जनाएको छ । तत्काल रोबोट्याक्सी चढ्दा ४.२० अमेरिकी डलर प्रतियात्रा तिर्नुपर्नेछ । टेस्लाले आगामी महिनाहरुमा हजार भन्दा बढी गाडीहरु विस्तार गर्ने योजना बनाएको छ । र, सन् २०२६ मा पूर्णरुपले उद्देश्यले निर्मित स्वायत्त वाहन(प्रपोज बिल्ड अटोनोमस भेहिकल) बनाउने तयारी छ ।