इजरायलद्धारा इरानको केन्द्रीय बैंकलाई आतँककारी संस्था घोषणा, कुनै पनि बेला युद्ध भड्किन सक्ने खतरा

Jun 25, 2025 04:18 PM mero lagani



इरानको केन्द्रीय बैंक सेन्टल बैंक अफ द इस्लामिक रिपब्लिक अफ इरान (बैंक मोरकाजी) लाई इजरायलले आतँकबादी संस्था घोषणा गरेको छ । 

दुई देशबीच १२ दिनसम्म भएको रक्तपातपूर्ण लडाई युद्धबिराम भएर रोकिएको अर्काे दिन नै इजरायलले त्यस्तो घोषणा गरेको हो ।

कुनै पनि देशले कुनै अर्काे देशको केन्द्रीय बैंकलाई आतँकबादी संस्था घोषणा गरिएको यो नै पहिलो घटना हो । यो घटनाले अमेरिकाको दबाबमा दुई देशबीच भएको युद्धबिराम कुनै पनि बेला भंग हुने खतरा बढेको बताइएको छ । दुवै देशले एक अर्काेलाई युद्ध बिराम उल्लंघनको आरोप लगाउँदै त्यसको परिणाम घातक हुने चेतावनी दिइरहेका छन् ।

 

इजरायलका रक्षामन्त्री इजरायल काट्जले इजरायली सेना र गुप्तचर निकायको अनुरोधमा बैंक मोरकाजीलाई आतँकबादी संस्था घोषणा गरिएको बताए । इरानको केन्द्रीय बैंक, बैंक मोरकाजीले आतँककारीहरुलाई लगानी गरिरहेकोले उस्लाई पनि आतँकबादी संस्था घोषणा गर्नु परेको मन्त्री काट्जले सामाजिक संजालमा लेखेका छन् । ‘आतँकवादी संस्था घोषणा गर्नुको अर्थ भविश्यमा उ विरुद्ध जस्तो सुकै पनि कारवाही हुन सक्छ भन्ने हो । हामी कुनै पनि किसिमका आतँककारी कामलाई छुट दिंदैनौं,’ मन्त्री काट्जले लेखेका छन् ।