कम्पनीले अघिल्लो संस्करणबाट उल्लेखनीय सफलता र उत्साहजनक प्रतिक्रिया पछि, यस पटक अभियानलाई अझ बढी परिस्कृत गर्दै अभियान सुरु गरेको हो ।
इनड्राइभले आफ्ना ड्राइभर पार्टनर्सको कडा परिश्रम र समर्पणलाई विशेषरुपमा सम्मान र पहिचान गर्न यो क्याम्पेन ल्याएको हो, जसमा ग्रान्ड प्राइजमा ब्रान्ड न्यू टाटा एक्सप्रेस ईभी कार, टिभीएस रेइडर मोटरसाइकल र प्रिमियम हाई–इण्ड ग्याजेटहरू रहेका छन् ।
सन् २०२५ जून १६ देखि जून २२ सम्म चल्ने अभियानमा चालकहरूले प्लेटिनम स्ट्याटस प्राप्त गर्न र गिभअवे क्याम्पेनमा प्रवेश गर्नका लागि योग्य हुन ३५ ओटा राइड पूरा गर्नुपर्नेछ । २०२५ जुन २३ देखि इनड्राइभ चालकहरूले विक्ली च्यालेन्जेजको सिरिजमा भाग लिने मौका पाउनेछन ।
प्रत्येक हप्ताको उनीहरूले विशेष पुरस्कारहरू जित्ने अवसर प्राप्त गर्ने कम्पनीले जनाएको छ । अभियान तीन हप्तासम्म आयोजना हुनेछ । प्रत्येक हप्ता विजेताहरूको घोषणा गरिने र जुलाई १७, २०२५ मा ग्राण्ड विनरको घोषणा गरिने कम्पनीले जनाएको छ ।
पुरस्कारहरूः
–टाटा एक्सप्रेस–टी इभी (क्याब श्रेणीको ग्रान्ड प्राइज)
–टीभीएस रेइडर मोटरसाइकल (बाइक श्रेणीको ग्रान्ड प्राइज)
–स्मार्टफोनः १५ ओटा
–स्मार्टवाचः ३० ओटा
–इयरबड्सः ३० ओटा
साप्ताहिक पुरस्कार (५ स्मार्टफोन, १० स्मार्टवाच, १० इयरबड)
ग्रान्ड प्राइजको लागि योग्य हुन, चालकहरूले क्याम्पेनको तीनै हप्ताको लागि प्लेटिनम स्ट्याटस मेन्टेन गर्नुपर्नेछ। कुनै पनि हप्तामा प्लेटिनम स्ट्याटस प्राप्त गर्ने चालकहरूलाई साप्ताहिक पुरस्कार विजेतामा सहभागी गराइने कम्पनीले जनाएको छ ।