इरानी सर्वोच्च नेता भन्छन् - इरानसँगको युद्धबाट अमेरिकाले केही हासिल गर्दैन

Jun 27, 2025 11:13 AM Merolagani



इरानी सर्वोच्च नेता अली खामेनीलेसंयुक्त राज्य अमेरिकाले इरान विरुद्धको युद्धबाट केही हासिल नगर्ने बताएका छन् । उनले राज्य सञ्चालित टिभीद्वारा प्रशारित भिडियो सन्देशमा इजरायल र संयुक्त राज्य अमेरिकासँगको युद्धमा इरानी राष्ट्र विजय भएको बताउँदै विजयमा बधाई दिए ।

इरानी क्षेप्यास्त्र र अन्य हतियारहरू इजरायलको उन्नत बहु–स्तरीय रक्षाबाट पार गर्न सफल भएको बताए ।

इजरायललाई इरान विरुद्धको कुनैपनि आक्रमण भारी महँगो हुनेकुरा इजरायललाई राम्रोसँग जानकारी रहेको बताए । १२ दिनको युद्धपछि इरान र इजरायलबीच मंगलवार युद्धविराम भएको छ ।




कुन हाइड्रोपावर के फन्डाले बढिरहेको छ ?

Jun 24, 2025 06:21 AM

सोमबार नेप्सेमा ६ अर्ब ४७ करोड रुपैयाँको शेयर कारोबार हुँदा हाइड्रोपावर कम्पनीको मात्रै ४ अर्ब ३३ करोड भन्दा बढी रुपैयाँको शेयर कारोबार भयो । यो भनेको झन्डै ६७ प्रतिशत हो ।