सरकारले विद्युत् उपभोक्ता महशुल निर्धारण निर्देशिका परिमार्जन गर्ने

Jun 27, 2025 05:28 PM merolagani



सरकारले विद्युत् महशुल निर्धारण सम्वन्धी निर्देशिका परिमार्जन गर्ने भएको छ । 

जलविद्युतको नियामकीय निकाय विद्युत् नियमन आयोगले यसअघिको विद्युत् उपभोक्ता महशुल निर्देशिकालाई आवश्यक परिमार्जन गर्न लागेको हो ।

आगामी आर्थिक वर्ष २०८२/०८३ देखि लागू हुने गरी उक्त निर्देशिका सम्पूर्ण सरोकारवाला निकायहरुको रायका आधारमा परिमार्जन गरी स्वीकृत गरिने आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले मेरो लगानीलाई बताए ।

‘हामीले कसरी निर्धारण गछौं भन्ने कुराको निर्देशिकालाई पुनरावलोक भनेर सर्वसाधारण, सरोकारवाला निकायको राय प्रतिक्रिया लिइरहेका छौं । राय आउनासाथ हामीले त्यो निर्देशिका परिमार्जनसहित स्वीकृत गर्छौं', उनले भने, ‘स्वीकृत निर्देशिकाका आधारमा कसैले विद्युत महशुल पुनरावलोकन गर्न चाहनु हुन्छ भने सोही बमोजिम आउनुपर्ने हुन्छ ।’




कुन हाइड्रोपावर के फन्डाले बढिरहेको छ ?

Jun 24, 2025 06:21 AM

सोमबार नेप्सेमा ६ अर्ब ४७ करोड रुपैयाँको शेयर कारोबार हुँदा हाइड्रोपावर कम्पनीको मात्रै ४ अर्ब ३३ करोड भन्दा बढी रुपैयाँको शेयर कारोबार भयो । यो भनेको झन्डै ६७ प्रतिशत हो ।