मन्त्रिपरिषद् बैठकले गर्याे सहकारी कर्जा असुली न्यायाधीकरण गठन

Jun 27, 2025 08:27 PM Merolagani



भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा कृतिबहादुर बस्नेतको अध्यक्षतामा कर्जा असुली न्यायाधीकरण गठन गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बस्नेतको अध्यक्षतामा कर्जा असुली न्यायाधीकरण गठन गरेको हो ।

उक्त न्यायाधीकरण सदस्यहरूमा वसन्त पराजुली र गोविन्द शर्मा गैरै छन् । सहकारी ऐन २०७४ मा यस सम्बन्धी व्यवस्था भएपनि कार्यान्वयन हुन सकेको थिएन । उक्त व्यवस्था कार्यान्वयनमा विलम्भ हुँदा सहकारीमा समस्या उत्पन्न भएको जानकारहरुको भनाई छ ।

सहकारी अभियानले समेत कर्जा असुली न्यायाधीकरण गठन गर्नका लागि सरकारलाई दवाव दिदै आएका थिए । साथै, सूर्य थापा नेतृत्वको सहकारी छानबिन सम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन लगायत अन्य अध्ययनहरूले समेत यस्तो न्यायाधीकरण बनाउन सुझाव दिएका थिए ।




कुन हाइड्रोपावर के फन्डाले बढिरहेको छ ?

Jun 24, 2025 06:21 AM

सोमबार नेप्सेमा ६ अर्ब ४७ करोड रुपैयाँको शेयर कारोबार हुँदा हाइड्रोपावर कम्पनीको मात्रै ४ अर्ब ३३ करोड भन्दा बढी रुपैयाँको शेयर कारोबार भयो । यो भनेको झन्डै ६७ प्रतिशत हो ।