बोर्डले दियो बन्दिपुर केबल कारलाई आईपीओ निष्काशनको अनुमति

Jul 04, 2025 09:13 AM Merolagani



नेपाल धितोपत्र बोर्डले बन्दिपुर केबल कार एण्ड टुरिजम लिमिटेडलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ। बोर्डले स्थानिय बासिन्दा तथा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न असार १९ गते अनुमति दिएको हो।

कम्पनीले जारी पूँजीको २०.७०६७ प्रतिशतका दरले हुन आउने ५८ करोड ६० लाख रुपैयाँबराबरको ५८ लाख ६० हजार कित्ता आईपीओ निष्काशन गर्नेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।




डीडीसीको सित्तैमा प्रचार गरिदिएका बालेनलाई यदि पैसा तिर्नु परेको भए ‘इन्डोर्समेन्ट फि' कति दिनु पर्थ्यो होला ?

May 20, 2026 01:34 PM

सुवास निरौला 

शनिबारको एउटा सामान्य दिउँसो। सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल हुन्छ।