बोर्डले दियो बन्दिपुर केबल कारलाई आईपीओ निष्काशनको अनुमति

Jul 04, 2025 09:13 AM Merolagani



नेपाल धितोपत्र बोर्डले बन्दिपुर केबल कार एण्ड टुरिजम लिमिटेडलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ। बोर्डले स्थानिय बासिन्दा तथा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न असार १९ गते अनुमति दिएको हो।

कम्पनीले जारी पूँजीको २०.७०६७ प्रतिशतका दरले हुन आउने ५८ करोड ६० लाख रुपैयाँबराबरको ५८ लाख ६० हजार कित्ता आईपीओ निष्काशन गर्नेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।