प्रि ओपन सेसन अपडेटः १ अंक बढ्यो नेप्से

Jul 14, 2025 10:53 AM Merolagani



साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंक भन्दा बढी बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार २९ अंक बढेर २७६०.८० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.१५ अंक बढेर २७६१.९६ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.६७ अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा ५४ स्टकको ८० पटकको कारोबारमा २५ लाख ७ हजार ५२३ रुपैयाँबराबरको ७ हजार ३०७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३२ स्टकको मूल्य बढेको छ भने १८ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।