ट्रेड टावरको शेयर नेप्सेमा सूचीकृत

Jul 15, 2025 02:15 PM Merolagani



असार ३१ गते, मंगलबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ट्रेड टावर लिमिटेड (TTL) को शेयर सूचीकृत भएको छ। यस दिन कम्पनीको ८१ लाख ५६ हजार ९७ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको ३९ लाख ७१ हजार ६९३ कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको ४२ लाख ८४ हजार ४०४ कित्ता शेयर गरी कुल ८१ लाख ५६ हजार ९७ कित्ता शेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम सूचीकृत भएको हो।

कम्पनीको शेयर भोली अर्थात असार ३२ गते, स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित दोस्रो बजारमा कारोबार हुनेछ। नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि १२३ रुपैयाँ ९ पैसादेखि ३६९ रुपैयाँ २७ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। कम्पनीको शेयर टीटीएल टिकरमा कारोबार हुनेछ।




६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 27, 2025 07:17 AM

मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।