सागर डिष्टिलरीको शेयर नेप्सेमा सूचीकृत

Nov 06, 2025 12:31 PM Merolagani



कात्तिक २० गते, बिहीबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सागर डिष्टिलरी लिमिटेड (SAGAR) को शेयर सूचीकृत भएको छ। यस दिन कम्पनीको ७२ लाख ६० हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीले सर्वसाधारणमा जारी गरेको १४ लाख ५२ हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ५८ लाख ८ हजार कित्ता शेयर गरी कुल ७२ लाख ६० हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई १०६ रुपैयाँ ५२ पैसादेखि ३१९ रुपैयाँ ५६ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। सोही रेञ्जका आधारमा आगामी आइतबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित दोस्रो बजारमा कम्पनीको शेयर कारोबार हुनेछ। नेप्सेले कम्पनीलाई एसएजीएआर स्टक टिकर प्रदान गरेको छ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।