नेप्सेसँगै बढ्यो कारोबार रकम

Jul 15, 2025 03:22 PM Merolagani



मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार घटेर बन्द भएको नेप्से, यस दिन भने बढेर बन्द भएको छ।

यस दिन नेप्से परिसूचक ३४.४६ अंक बढेर २७६०.१७ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ७.०४ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.६० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.५७ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। सोमबार ८ अर्ब १७ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१७ स्टकको ७४ हजार ५७ पटकको कारोबारमा ९ अर्ब ४१ करोड ९१ लाख ६५ हजार रुपैयाँबराबरको २ करोड ६५ लाख १७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन सुपर मादी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ८.०८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको शेयरमूल्य करिब ६ प्रतिशत बढेको छ भने विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य सर्वाधिक ४.६४ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन बुटवल पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५२ करोड ३२ लाख ६३ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन निफ्रा ग्रीन इनर्जी डिबेञ्चर ६ प्रतिशत २०८८/८९ को ५० करोड ५१ लाख २१ हजार रुपैयाँबराबरको ऋणपत्र किनबेच भएको छ भने राधी विद्युत कम्पनीको करिब ४३ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको छ।

यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहकाे परिसूचक स्थिर रहेकाे छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.८१ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।




सुनको मूल्यमा भारि गिरावट, चाँदी कतिमा हुँदैछ काराेबार?

Apr 28, 2026 10:43 AM

बैशाख १५ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँ घटेको हो।