सामान्य अंक घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

Apr 22, 2026 03:12 PM Merolagani



बुधबार नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। पछिल्लो दुई कारोबार दिनदेखि घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

यस दिन नेप्से परिसूचक २.९५ अंक घटेर २८०४.१७ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०.६५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३२ अंक बढेको छ भने फ्लोट इण्डेक्स स्थिर रहेको छ।

नेप्से सामान्य अंक घटेपनि कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ५ अर्ब ७७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४२ स्टकको १ लाख २१ हजार ४३३ पटकको कारोबारमा ७ अर्ब ८१ करोड ३९ लाख ४७ हजार रुपैयाँबराबरको १ करोड ७५ लाख ८८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ३ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन पाल्पा सिमेन्ट इण्डष्ट्रीज, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र शिखर पावर डेभलपमेन्टको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन झापा इनर्जीको शेयरमूल्य १४ प्रतिशत बढेको छ भने गणपति लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ प्रतिशत बढेको छ। कारोबारमा आएको होटल फरेष्ट इनको शेयरमूल्य यस दिन सर्वाधिक १०.७५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेशनल हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४१ करोड ३४ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन रिलायन्स स्पिनिङ्ग मिल्सको साढे ३२ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने सोलु हाइड्रोपावरको कारोबार रकम साढे ३१ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, वित्त, लगानी, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.३६ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन व्यापार उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।




धितोपत्र बजारकाे ‘कालो कर्तुत‘काे पर्दाफास: बोर्डले तयार पारेको दुईवटा जाँचबुझ प्रतिवेदनहरूमा के छ ?

Apr 21, 2026 07:47 PM

नेपालको धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पसिनाको कमाइमाथि कसरी ‘कलोनी’ खडा गरिएको छ भन्ने तथ्य बोर्डको गोप्य प्रतिवेदनले प्रमाणित गरेको छ।