ब्याज आम्दानीसँगै घट्यो निफ्राको नाफा, वितरणयोग्य मुनाफा भने बढ्यो

Jul 23, 2025 08:45 AM Merolagani



नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (NIFRA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १ अर्ब १४ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.८६ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १ अर्ब ३२ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी घटेसँगै बैंकको खुद नाफा पनि घट्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २५.५१ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ७९.७३ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा २५.०३ प्रतिशत र सञ्चालन मुनाफा १३.६९ प्रतिशत घटेको छ।

नाफा घटेपनि बैंकको वितरणयोग्य मुनाफा भने समीक्षा अवधिमा बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो मुनाफा ६६ करोड ७९ लाख रुपैयाँबाट बढेर १ अर्ब १७ करोड ६१ लाख रुपैयाँ पुगेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ८६ पैसा घटेर ५ रुपैयाँ ३० पैसामा सीमित भएको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ५९.९६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ ८८ पैसा रहेको छ।

२१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब ७ करोड ७१ लाख रुपैयाँ सञ्चित छ। पछिल्लो १ वर्षमा बैंकको निक्षेप ८२६.६५ गुणा बढेको छ भने कर्जा १८.९० प्रतिशत बढेको छ।




वाणिज्य बैंकको लाभांश क्षमता ५ देखि ३८ प्रतिशतसम्म, दुई बैंकले लाभांश दिन नसक्ने

Aug 12, 2025 01:34 PM

वाणिज्य बैंकहरूमध्ये दश वटा बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन्। अहिलेसम्म प्रकाशित वित्तीय विवरणका आधारमा हेर्दा बैंकहरूको नाफामा सुधारसँगै अधिकांश वित्तीय सूचक पनि राम्रो देखिएको छ। बैंकहरूको लाभांश वितरण क्षमता ५ देखि ३८ प्रतिशतसम्म देखिएको छ।