गत साता २ प्रतिशत घटेको नेप्से, यस साता के होला?

Aug 03, 2025 06:31 AM Merolagani



गत साता नेप्से परिसूचक २ प्रतिशत घटेर बन्द भएको थियो। अघिल्लो साता २९८२.६४ विन्दुमा बन्द भएको नेप्से, गत साता २.०१ प्रतिशत अर्थात ६०.०१ अंक घटेर २९२२.६३ विन्दुमा झरेको छ।

गत साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये २ करोबार दिन नेप्से बढेको थियो भने ३ कारोबार दिन नेप्से घटेर बन्द भएको थियो।

 

टेवा क्षेत्र नजिक

गत साता नेप्से परिसूचक घटेर टेवा क्षेत्र नजिक झरेको छ। हाल नेप्सेको टेवा क्षेत्र २८८० देखि २९२० सम्म रहेको छ। आगामी दिनमा नेप्सेले सो क्षेत्रमा टेवा पाएर उकालो लागेमा ३००० देखि ३०५० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ। गत साता नेप्से सोही प्रतिरोध परीक्षण गरी झरेको थियो।

बिक्रीकर्ता हाबी

साप्ताहिक रुपमा नेप्सेले गत साता बियरिश मैनबत्ती बनाएको छ। त्यसैगरी, गत साताको अन्तिम २ कारोबार दिन पनि नेप्सेले रातो मैनबत्ती बनाएको थियो। यसले सो साता र सो दिनहरुमा बजारमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ।

बलियो भोल्यूम

गत साता नेप्से घटेपनि भोल्यूम भने बलियो रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा १९ अर्ब ३८ करोडको शेयर कारोबार भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम १४ अर्ब ७० करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम ३१.८३ प्रतिशत बढी हो।

बुलिश प्रवृत्ति

गत साता नेप्से परिसूचक बुलिश प्रवृत्तिमा रहेको छ। गत साता नेप्सेको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा माथि रहेको छ भने यी दुबै रेखाहरु सकारात्मक क्षेत्रमा रहेका छन्। त्यस्तै, नेप्सेको हिस्टोग्राम सकारात्मक क्षेत्रमा रहेको छ। यद्यपि, एमएसिडी रेखा र सिग्नल रेखाबीचको दूरी साँघुरिएको छ भने हिस्टोग्रामको उचाई घट्दो क्रममा रहेको छ।

खरिदचाप बढी

गत साता नेप्सेको स्टकास्टिक आरएसआई ओभरबट जोनमा रहेको छ। यसले गत साता बजारमा बिक्रीचापको तुलनामा खरिदचाप बढी रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




मेरो शेयर तथा सि–आस्बा सेवा अवरुद्ध हुने

Aug 24, 2025 05:10 PM

मेरो शेयर तथा सि–आस्बा सेवा अवरुद्ध हुने भएको छ । सिडिएस एण्ड क्लियरिङ्गको सञ्चालमा रहेको मेरो शेयर तथा सि–आस्बा सेवा प्रणालीहरुको डाटाबेस अपग्रेडेसन गर्नुपर्ने भएकाले सेवा अवरुद्ध हुने भएको हो ।