सामलिङ्ग पावर कम्पनीको विद्युत बिक्री आम्दानी घट्यो

Aug 08, 2025 10:02 AM Merolagani



सामलिङ्ग पावर कम्पनी लिमिटेड (SPC) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

गत आर्थिक वर्ष कम्पनीले २२ करोड ५८ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.३० प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २५ करोड १८ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा २ करोड ७६ लाख रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनी, गत आर्थिक वर्षको सोही अवधिसम्ममा ८८ लाख रुपैयाँ नाफामा पुगेको छ। विद्युत बिक्री आम्दानी घटेपनि वित्तीय खर्च घटेका कारण कम्पनी नाफामा पुगेको हो।

५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष ३ करोड ९२ लाख रुपैयाँ सञ्चित छ। गत असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ७६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०७ रुपैयाँ ८४ पैसा रहेको छ।




कुमारी बैंकको वित्तीय विवरणमा देखियो नाफा वृद्धिदर ४५ हजार ८२९ प्रतिशत, कारण यस्तो

Aug 07, 2025 07:31 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ हजार ८२९ प्रतिशत बढेको देखिएको छ।