सिटि होटलको हकप्रद शेयर र गरिमा समृद्धि योजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Aug 11, 2025 05:49 AM Merolagani



साउन २६ गते सोमबार, सिटि होटल (CITY) को हकप्रद शेयर र गरिमा समृद्धि योजनाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।

सिटि होटलले ८० प्रतिशत हकप्रद शेयर निष्काशन प्रयोजनार्थ र गरिमा समृद्धि योजनाले ५.१० प्रतिशत नगद लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात साउन २७ गते बुकक्लोज गर्दैछ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सिटि होटलको शेयरधनीहरुले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् भने गरिमा समृद्धि योजना (GSY) का इकाईधनीहरुले लाभांश प्राप्त गर्न सक्नेछन्।

सिटि होटलले हाल कायम चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँबराबरको १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हकप्रद शेयर निष्काशन गर्न साउन ४ गते अनुमति दिएको थियो। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।




नेप्सेमा 'ब्ल्याक फ्राइडे': एकै दिन १ हजार अंकको पहिरो, नेप्सेको प्राविधिक हालत !

Jul 24, 2026 04:01 PM

नेपाली शेयर बजारको इतिहासमा आज शुक्रवार शेयर बजारको कारोबार मापन गर्ने नेप्से सूचक एकै दिन १०००.९३ अंकले घटेर १७१७.७९ को विन्दुमा झरेको छ।