तीन म्युचुअल फण्डहरुको इकाईमूल्य समायोजन

Aug 19, 2025 06:38 AM Merolagani



भदौ ३ गते, मंगलबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन म्युचुअल फण्डहरुको इकाईमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा सनराइज फोकस्ड इक्विटी फण्ड (SFEF), सनराइज फर्स्ट म्युचुअल फण्ड र लक्ष्मी उन्नती कोषको इकाईमूल्य समायोजन भएको हो।

यस दिन नेप्सेले सनराइज फोकस्डको १३.५० प्रतिशत, सनराइज फर्स्ट (SFMF) को १४ प्रतिशत र लक्ष्मी उन्नती कोषको २० प्रतिशत प्रतिफल समायोजन गरेको हो। समायोजनपश्चात सनराइज फोकस्डको इकाईमूल्य ९ रुपैयाँ १ पैसा, सनराइज फर्स्टको ९ रुपैयाँ ४९ पैसा र लक्ष्मी उन्नती (LUK) काे इकाईमूल्य ९ रुपैयाँ ८१ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी फण्डहरुको मूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात सोमबार, दोस्रो बजारमा सनराइज फोकस्डको इकाई प्रतिकित्ता १० रुपैयाँ ३६ पैसा, सनराइज फस्टको १० रुपैयाँ ८९ पैसा र लक्ष्मी उन्नती कोषको प्रतिकित्ता ११ रुपैयाँ ८१ पैसा अन्तिम मूल्य कायम भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा यी फण्डहरुको कारोबार खुल्नेछ।




भदौ २२ गते यी तीन जिल्लामा हुने भयाे सार्वजनिक बिदा

Sep 03, 2026 02:16 PM

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।