सुन र चाँदीको मूल्यमा गिरावट जारी

Aug 20, 2025 10:43 AM Merolagani



भदौ ४ गते, बुधबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। अघिल्लो दिन अर्थात मंगलबार घटेको सुन र चाँदीको मूल्य, यस दिन पनि घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिनको तुलनामा यस दिन सुनको मूल्य प्रतितोला १ हजार ६०० रुपैयाँ घटेको हो। मंगलबार सुन प्रतितोला १ लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

यस दिन चाँदीको मूल्य तोलामा ४५ रुपैयाँ घटेको छ। मंगलबार तोलाको २ हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन २ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ।




माछापुच्छ्रे बैंकद्वारा लाभांश घोषणा

Aug 29, 2025 06:52 PM

माछापुच्छ्रे बैंक लाभांश घोषणा गरेकाे छ । आज बसेकाे संचालक समिति बैठकले गत आर्थिक वर्ष २०८१/८२ को खुद नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशत लाभांश करसहित दिने प्रस्ताव गरेकाे छ ।