प्रि ओपन सेसन अपडेटः साढे २ अंक घट्यो नेप्से

Sep 04, 2025 10:54 AM Merolagani



साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २ अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार १५.६४ अंक घटेर २७२६.३३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.५१ अंक घटेर २७२३.८१ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०२ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा ३६ स्टकको ६७ पटकको कारोबारमा ३ करोड ७१ लाख ३ हजार ३७७ रुपैयाँ ८० पैसाबराबरको २३ हजार २७१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ८ स्टकको मूल्य बढेको छ भने २७ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।




गंगा दाहालको घरमा फेला परेकाे शव कसकाे हाे ?

Sep 10, 2025 01:42 PM

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की छोरी गंगा दाहालको घरमा शव फेला परेको छ। तर शव कसकाे हाे सनाखत हुन नसकेकाे प्रहरीकाे भनाइ छ ।