आफ्नो बेलायत भ्रमणको क्रममा खानलाई किन भेटेनन भनि गरेको प्रश्नमा ट्रम्पले विश्वका खराब मेयरलाई मैले किन भेट्ने भन्दै प्रति प्रश्न गरेका छन् ।
उनले आफ्नो बेलायत भ्रमणको क्रममा कुनै पनि औपचारिक कार्यक्रममा मेयर खानलाई सहभागि नगराइओस भनि अनुरोध गरेकोसमेत बताए ।
‘मलाई लाग्छ लन्डनका मेयर खान संसारका सबैभन्दा खराब मेयर मध्ये एक हुन् । लन्डनमा अपराध व्याप्त छ । लन्डनका मेयर खानले भयानक काम गरेका छन् । उनी आप्रवासनमा पूर्ण रूपमा असफल छन् । त्यस्ता खराब मेयरलाई मैले कसरी भेट्छु ?’
खासमा ट्रम्पले खानको विरोध गर्नुको विशेष कारण रहेको विविसीले उल्लेख गरेको छ । ट्रम्प र सादिक खान बीचको तितोपना लामो समयदेखि छ । ट्रम्पको पहिलो कार्यकालमा, जब उनले मुस्लिम देशका नेताहरूलाई संयुक्त राज्य अमेरिका भ्रमण गर्न प्रतिबन्ध लगाए, सादिक खानले यसको कडा विरोध गरे। ट्रम्पले उनलाई आतंकवादमा नराम्रो काम गरेको आरोप लगाए।
विविसीका अनुसार पाकिस्तानी मूलका सादिक खान बेलायती प्रधानमन्त्री केयर स्टारमरको लेबर पार्टीका नेता हुन् । उनी २०१६ देखि लण्डनको मेयर छन् ।