तलबमा गुजारा चलाउनु हुन्छ? बचतको लागि यो फर्मुला अपनाउनुहोस्

Oct 01, 2025 06:21 AM Merolagani



बढ्दो महंगाईले सर्वसाधारणको बजेट बिगारेको छ। यस्तोमा आम मानिसलाई बचत गर्न मुस्किल बन्दै गइ रहेको छ। यस कारण उनीहरु आर्थिक रुपमा आफ्नो भविष्यबारे चिन्तित छन्।

बढ्दो महंगीले मध्यमवर्गीय परिवार एकदमै लाचार बनेको छ, उनीहरुको समस्या के खाने र के बचाउने भन्ने भएको छ। यस महंगीको जमानामा एक यस्तो फर्मुलाको बारे यहाँ चर्चा गरिएको छ, जसलाई अपनाएर सजिलै बचत गर्न सकिन्छ। यस फर्मुलालाई ५०ः३०ः२० को नामले चिनिन्छ। सामान्य शब्दमा भन्नु पर्दा आम्दानीलाई तीन हिस्सामा विभाजन गरिएको छ।

तलबमा अपनाउनुहोस् यो फर्मुला

यदि तपाई जागिर गर्नुहुन्छ भने तपाई आफ्नो खातामा आउने तलबमा ५०ः३०ः२० को फर्मुला अपनाउन सक्नुहुन्छ। यदि तपाई व्यापारी हुनुहुन्छ भने महिनाको पुरा आम्दानीमा यस फर्मुलाको प्रयोग गरेर सबै खर्चका बाबजुद बचतको लागि पैसा निकाल्न सक्नुहुन्छ। आउनुहोस्, यस फर्मुलाको गणित बुझौँ

५० प्रतिशतले गर्नुहोस् यी काम

मानौ, तपाईको तलब ४० हजार रुपैयाँ प्रतिमहिना छ र तपाई कसरी पैसा बनाउन भन्ने बारेमा सोचिरहनु भएको छ? सबैभन्दा पहिला ५०ः३०ः२० फर्मुला सम्झनुहोस्। ५० प्रतिशत, ३० प्रतिशत र २० प्रतिशत। अर्थात आफ्नो कमाईलाई तीन भागमा विभाजित गर्नु आवश्यक छ। पहिलो ५० प्रतिशत हिस्सा जरुरी कामहरुमा खर्च गर्नुहोस्, जस्तै, रासन, शिक्षा, बसाई आदि। यहाँ बसाईको मतलब, यदि तपाई भाडामा बस्नुहुन्छ भने हरेक महिनाको घरभाडा या होमलोन लिनु भएको छ भने त्यसको ईएमआईको खर्च यस ५० प्रतिशत भित्र समावेश गर्न सक्नुहुन्छ। आफ्नो जति कमाई छ, त्यसको आधा यी कार्यहरुका लागि छुट्याउनुहोस्।

यसरी खर्च गर्नुहोस् ३० प्रतिशत

फर्मुला अनुसार आम्दानीको ३० प्रतिशत यस्ता कुराहरुमा खर्च गर्नुहोस् जुन तपाईको इच्छासँग जोडिएको छ। यसमा तपाई घुमघाम, फिल्म हेर्ने, बाहिर खाने, ग्याजेट, कपडा, कार, बाइक र स्वास्थ्यको खर्चहरु राख्न सक्नुहुन्छ। लाइफस्टाइलसँग जोडिएका खर्चहरु तपाई यस हिस्साबाट गर्न सक्नुहुन्छ। नियमका अनुसार यदि तपाई ४० हजार रुपैयँँ कमाउनु हुन्छ भने अधिकतममा १२ हजार रुपैयाँ यी चीजहरुमा खर्च गर्न सकिन्छ।

बाँकी २० प्रतिशत के गर्ने?

८० प्रतिशत खर्च गरिसकेपछि २० प्रतिशत अर्थात ८ हजार रुपैयाँ बाँकी रहन्छ। यसलाई बचतको रुपमा लिन सकिन्छ। यसलाई तपाईले बैंकमा जम्मा गर्न सक्नुहुन्छ। या यसलाई शेयर बजार जस्ता क्षेत्रमा लगानी गर्न सक्नुहुन्छ। यसरी तपाई वर्षमा करिब १ लाख रुपैयाँ बचत गर्न सक्नुहुन्छ।

यदि सुरुवातमा २० प्रतिशत बचाउन गाह्रो परिरहेको छ भने कुन कुरा आफ्नो आवश्यकता हो कुन फजुल खर्च हो भन्ने एक लिस्ट बनाउनुहोस्। फजुलखर्चमा तुरन्त रोक लगाउनुहोस्। जस्तै, यदि तपाई महिनामा ४ दिन बाहिर खान जानुहुन्छ भने अहिलेको लागि दुई पटक गर्नुहोस्। धेरै महंगो कपडा खरिद नगर्नुहोस्। यसका साथै क्रेडिट कार्डको प्रयोगमा पनि नियन्त्रण गर्नुहोस्।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।