सातामा साढे ५ प्रतिशत बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

Sep 27, 2025 06:26 AM Merolagani



यस साता नेप्से परिसूचक साढे ५ प्रतिशत बढेर बन्द भएको छ। गत साता २५११.९१ विन्दुमा बन्द भएको नेप्से, यस साता ५.५८ प्रतिशत अर्थात १४०.०९ अंक बढेर २६५२.०० विन्दुमा पुगेको छ।

यस साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये २ करोबार दिन नेप्से बढेको थियो भने २ कारोबार दिन नेप्से घटेर बन्द भएको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स २३.०७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ९.२९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ७.४६ अंक बढेको छ।

नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ। अघिल्ला साताहरुमा दैनिक औषतमा ५ अर्ब १० करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ५ अर्ब ४६ करोडको शेयर किनबेच भएको छ। त्यस्तै, यस साता दैनिक औषतमा १ करोड २१ लाख कित्ता शेयर र दैनिक औषतमा ६५ हजार ४२६ पटक कारोबार भएको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि साढे ५ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ४१ खर्ब ९९ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ४ खर्ब ३४ अर्ब रुपैयाँ बढेर ४४ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ।

यस साता १३ वटा उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक १०.३१ प्रतिशत बढेको छ। गत साता ३५३८.८७ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ३६४.८० अंक बढेर ३९०३.६७ विन्दुमा पुगेको छ। अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ८८४.४१ अंक बढेको छ।

कारोबारमा आएको निर्जीवन बीमा उपसमूहको परिसूचक यस साता सर्वाधिक २.५१ प्रतिशत घटेको छ। गत साता ११,४३२.६८ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता २८६.७२ अंक घटेर ११,१४५.९६ विन्दुमा झरेको छ।

नेप्सेमा यस साता कुल १ करोड १ लाख २७ हजार ९३८ कित्ता शेयर सूचीकृत भएको छ। यस साता राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको ६१ लाख २७ हजार ९३८ कित्ता र तेह्रथुम पावरको ४० लाख कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो।

यस साता हिम स्टार उर्जा कम्पनीको शेयरमूल्य सर्वाधिक ४६.३६ प्रतिशत बढेको छ। गत साता ४७३ रुपैयाँ ५० पैसा रहेको यस कम्पनीको अन्तिम मूल्य, यस साता ६९३ रुपैयाँ रहेको छ। त्यस्तै, यस साता कालिका पावरको शेयरमूल्य साढे २६ प्रतिशतभन्दा बढी बढेको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे २२ प्रतिशतभन्दा बढी बढेको छ। यस साता सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ९.२४ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता हिम स्टार उर्जा कम्पनी, ९ प्रतिशत आईसीएफसी फाइनान्स लिमिटेड ऋणपत्र २०८८, साल्ट ट्रेडिङ्ग कर्पोरेशन लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने कुमारी बैंक, सानिमा लार्ज क्याप फण्ड, सिईडिबि होल्डिङ्गस लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।